होमपेज / समाज
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले फागुन १ गते जनयुद्ध दिवस अवसरमा विभिन्न कार्यक्रम गर्न आफू मातहतका जिल्ला कमिटीलाई निर्देशन दिएको छ । कर्णाली प्रदेश कमिटीले जिल्ला पार्टीका जिल्ला अध्यक्ष र सचिवलाई आफू मातहातका कमिटीलाई जनयुद्ध दिवस भब्य रुपमा मनाउन निर्देशन दिएको हो । जनयुद्ध र जनआन्दोलनको बलमा वर्तमान राजनीति परिवर्तन भएकाले जनयुद्ध दिवस मनाउनका लागि मातहतमा कमिटीलाई भनिसकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले बताए ।
‘जनयुद्ध दिवसका अवसरमा शहीद, वेपत्ता, घाइते परिवारलाई सम्मान गर्न विषेश कार्यक्रमको आयोजना गरिनेछ ।’ उनले भने, ‘त्यो दिन खेलकुद, वक्तित्वकला, चियापान वनभोज, मेलाजात्रा गरिनेछन् ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका अनुसार त्यो दिन कर्णाली प्रदेशका सबै जिल्लामा श्रञ्द्धाजली सभाको आयोजना गरिने छ ।