ट्रेण्डिङ

होमपेज / समाज

समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगाथा २०७६ माघ २८ गते मंगलबार ११:५४:०५ मा प्रकाशित

बर्दिया । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-६ स्थित बगलामुखी राधाकृष्णा थारु माविमा प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको संयुक्त आयोजनामा ‘एक विद्यालय एक कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सो विद्यालयका प्रधानाध्यापक तथा प्रहरी विद्यालय सम्पर्क समितिका संयोजक भेजेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, कोरोना भाइरस, सडक दुर्घटना लगायतका विषयमा श्रव्य-दृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top