ट्रेण्डिङ

होमपेज / समाज

गाउँमा गाडी पुग्दा पूजाआजा

नेपालगाथा २०७६ माघ २८ गते मंगलबार ११:५२:०४ मा प्रकाशित

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–२ भर्ता गाउँमा गाडी पुग्दा स्थानीयले पूजाआजा गरेका छन् । सडक सञ्जालले नछोएको शुभकालिका गाउँपालिका–२ को भर्तामा स्थानीयले गाडी पुगेको खुशीयालीमा गाडीको पूजाआजा गरेका हुन् । कर्णाली राजमार्गको सेरीघाटदेखि गाउँपालिकाको २ नं. वडा कार्यालय भर्तासम्म १० किलोमिटर सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं. १ सेरीघाटबाट वडा नं. २ मा सडक पु¥याउन निकै कडा चट्टान भएको भीर फोडेर सडक निर्माण भएपछि स्थानीयले खुशीयाली मनाएको र गाडीको पूजाआजासमेत गरेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।

‘हामीले तीन करोड ७० लाखमा निकै कडा चट्टान फोडेर गाउँपालिकामा गाडी पु¥यायौं ।’ उनले भने, ‘स्थानीयहरुले गाडी पुग्दा निकै खुशीयाली मनाए ।’ सडक सञ्जालले नछोएको गाउँपालिकामा यसै आर्थिक वर्षमा सबै वडामा सडक पु¥याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्षले चौलागाईंले बताए । ‘हामीले यसै आर्थिक वर्षमा सबै वडामा सडक पु¥याउने लक्ष्य राखेका छौं ।’ उनले भने, ‘यही गतिमा काम भए सबै वडामा यसै आर्थिक वर्षमा सडक पुग्छ ।’

गाउँपालिका नजिकै गाडी गुड्ने गाउँमा सडक नै नभएकाले पहिलो पटक सडक पुग्दा स्थानीयले खुशी भएर गाडीको पूजा गरेको वडा नं. २ का वडा अध्यक्ष मनबहादुर शाहीले बताए । ‘गाउँको नजिकै सडक थियो । त्यहाँ गाडी गुड्थे ।’ उनले भने, ‘अहिले गाउँमा नै सडक भएपछि स्थानीय हर्षित भएका छन् ।’ गाउँमा गाडी पुगेपछि स्थानीय कृषि उत्पादनका वस्तु बजारीकरणका लागि सहज हुने वडा अध्यक्ष शाहीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top