ट्रेण्डिङ

होमपेज / समाज

प्रेरणाको स्रोत मेरो बुवा : खेमराज वली

खेमराज वली, अध्यक्ष, गुराँस गाउँपालिका दैलेख 

नेपालगाथा २०७६ माघ २८ गते मंगलबार ११:४२:४० मा प्रकाशित

प्रेरणाको स्रोतः मेरो प्रेरणाको स्रोत मेरो बुवा हो । उहाँले नै मलाई समाजसेवामा लाग्न सिकाउनु भयो । उहाँको सकारात्मक ज्ञानले म सही बाटोमा लागेको महशुस भएको छ । त्यो बाहेक विद्यालय पढ्दै गर्दा मेरो शिक्षक समाजसेवी तथा राजनीतिज्ञ नगेन्द्र केसी जस्ता मानिसहरुको प्रेरणाले म यहाँसम्म आएको छु । 
खुशी र दुःखको क्षण
खुशीः २०७४ सालमा स्थानीय तहको चुनावका लागि मलाई विश्वास गरेर पार्टीले मलाई टिकट दिएको दिन म सबैभन्दा धेरै खुशी भएको थिएँ । 
दुःखः तत्कालिन माओवादी जनयुद्धको समयमा मेरो बुवाले आफ्नो घर छोडेर त्यहाँबाट विस्थापित हुनुप¥यो । युद्धको त्राशले हाम्रो व्यापार प्रभावित भएको थियो । त्यो व्यापार सबै बन्द भयो बुवा त्यहाँबाट विस्थापित भएर सुर्खेत आएर बस्नुप¥यो । त्यो नै मेरो दुःखको क्षण हो ।  
लक्ष्यः समाजसेवा नै मेरो लक्ष्य हो । यो समाजलाई समृद्धि र विकसित बनाउनु, गरिबीको रेखामुनी भएको समूहलाई समृद्धिको बाटोमा डो¥याउनु नै मेरो लक्ष्य हो  । 
मनपर्ने ठाउँ÷गन्तव्य
मनपर्ने ठाउँः मलाई मन त मेरो जन्मभूमि गुराँस गाउँपालिका नै हो । यहाँका हरेक ठाउँहरु मलाई एकदमै मन पर्छन् । त्यो बाहेक कर्णालीका अन्य जिल्लाहरु पनि मन पर्छन् । 
गन्तव्यः म नेपालका अधिकांश क्षेत्रहरु घुमेको छु । नेपालका लगभग ५० देखि ६० जिल्ला घुमेको छु । त्यो बाहेक भारत पनि पुगेको छु । 
अध्ययन र मनोरञ्जन
अध्ययनः पत्रपत्रिका, प्रेरणादिने खालका किताबहरु, विभिन्न राजनीतिक विचार धाराका किताबहरु म अध्ययन गर्ने गर्दछु । 
मनोरञ्जनः पश्चिमेली भाकाहरु मलाई एकदमै मन पर्छन् । अहिले पनि सुन्छु । म पहिला नाच्थें, गाउँथें पनि । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top