ट्रेण्डिङ

होमपेज / समाज

विमानस्थलको कफी सपमा आगलागी

नेपालगाथा २०७६ माघ २८ गते मंगलबार ११:३८:११ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । अन्तरराष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो ।  विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान कक्षको प्रतीक्षा हलसँगैको कफी सपबाट आगलागी शुरू भएको र त्यो हलसम्म फैलिएको विमानस्थलस्थित प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल शाहले कर्णालीपत्रलाई जानकारी दिए ।  नगर प्रहरीको दमकल पुगेर आगो नियन्त्रणमा लिन गरेको प्रयासका कारण यो समाचार तयार पारुञ्जेल आगलागी नियन्त्रणमा आइसकेको र हलमा भएका सबै यात्रुलाई सकुशल उद्दार गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । 

प्रारम्भिक अध्ययनबाट कपी सपको बिजुली शर्ट भएर आगो लागेको उल्लेख गरेका प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल शाहले भने, ‘तत्कालै हामी (प्रहरी) ले गरेको नियन्त्रणको प्रयासले लगभग आगो नियन्त्रणमा आइसक्यो ।’ आगलागीबाट कुनै मानवीय क्षति नभएको भए पनि अन्य क्षतिको विवरण आउन बाँकी रहेको विमानस्थलका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनका अनुसार आगलागी भए लगत्तै चारवटा दमकल लगाएर आगो निभाइएको थियो । 

उडान र अवतरण बन्द
सोमबार साँझ भएको आगलागीपछि  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै बन्द भएका थिए । आगलागी नियन्त्रणमा आइसके पनि यो समाचार तयार पारुञ्जेलसम्म कुनै पनि उडान र अवतरण भने शुरू नभएको विमानस्थलस्थित प्रहरी वरिष्ठ उपरीक्षक, रामकृपाल शाहले जानकारी दिए । ‘यस्तो बेला फ्लाइट हुने कुरै भएन’, उनले भने, ‘विमानस्थलका महाप्रवन्धक, नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधिलगायत बसेर यसबारे छलफल गरिरहेका छौं । सबै कुरा क्लियर भएपछि उडान र अवतरण शुरू हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top