ट्रेण्डिङ

होमपेज / समाज

राप्ती नदीमा डुबेर एक बेपत्ता 

नेपालगाथा २०७६ माघ २७ गते सोमबार १३:०४:५७ मा प्रकाशित

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । शनिबार अपराह्नदेखि हराएका उनलाई हालसम्म फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक चन्दले बताए । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी शनिबार अबेरसम्म खटिएका थिए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top