होमपेज / समाज
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान जारी छ । एक लाख ७३ हजार जनसङ्ख्यामध्ये एक लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । नगरभित्र ९४ बुथमा ११४ स्वास्थ्यकर्मी र २०१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । बाँकेमा आगामी फागुन ५ गतेसम्म सो अभियान जारी रहने छ ।
नगर उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनुगमन गर्दै सबैलाई औषधि सेवनका लागि आग्रहसमेत गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदीलगायतले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन् ।