ट्रेण्डिङ

होमपेज / समाज

सम्मानित भए आदर्श सासु–बुहारी 

नेपालगाथा २०७६ माघ २७ गते सोमबार १३:०३:१९ मा प्रकाशित

बाँके । सम्मान गर्ने र लिने आ–आफ्नै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ । समितिद्वारा शनिबार आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भए । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उनीहरूलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताए ।

सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार गरेमा आदर्श परिवार निर्माणमा समस्या नहुने उनले चर्चा गरे । नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top