ट्रेण्डिङ

होमपेज / समाज

इन्जिनियरिङ्ग संकायका विद्यार्थी आन्दोलित 

नेपालगाथा २०७६ माघ २७ गते सोमबार १२:४७:५० मा प्रकाशित

माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विगत चार वर्षदेखि ‘बिई हाइड्रोपावर इन्जिनियरिङ’ विषय इन्जिनियरिङ परिषद्सँग स्वीकृति नलिई अध्यापन गराइरहेको कुरा बाहिरिएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनरत विद्यार्थीले काउन्सिलबाट हाइड्रोपावर संकायले स्वीकृत लगिएका प्रमाणहरु सबै विद्यार्थी माझ आधिकारिक जानकारी गराउनुपर्ने, अध्ययन गर्ने विद्यार्थीको भविष्य सुनिश्चित गर्न विश्वविद्यालयले लोकसेवा आयोगसँग सहकार्य गनुपर्ने, काउन्सिलका पदाधिकारी र बिई हाइड्रोपावरका विद्यार्थी समावेश हुने गरी वार्ता बस्नुपर्ने लगायतका माग राखेका छन् । 

यसअघि विद्यार्थीले २३ गते विद्यालय प्रशासनलाई उक्त मागहरु राखेका थिए । पूरा नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलनअन्तर्गत इन्जिनियरिङ संकायका विद्यार्थीहरुले आईतबार विद्यालय प्रशासन र इन्जिनियरिङ्ग संकायको पठन पाठन प्रभावित बनाएका छन् । साथै मागहरु पूरा नभए दुई दिनभित्र सम्पूर्ण शैक्षिक र प्रशासन कार्यालय अनिश्चित कालका लागि ठप्प पार्ने संयोजक भोला शर्माले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top