ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जिल्लामा सचेतनामुलक स्टिकर टाँस्ने अभियान शुरु

नेपालगाथा २०७६ माघ २५ गते शनिबार १३:१४:५६ मा प्रकाशित

सल्यान जिल्लाभर सचेतनामुलक स्टिकर टाँस्ने अभियानको शुरुवात भएको छ । जिल्लाका दश वटै स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टाँस्ने अभियानको शुरुवात गरेको हो ।

समुदाय प्रहरी साझेदारी अन्र्तगत गत पुस २ गते जिल्लाको छत्रेश्वरी गाउपालिकाबाट शुरुवात गरिएको अभियान अन्र्तगत शुक्रबार जिल्लाको कुमाख गाउपालिकामा पनि स्टिकर टाँस्ने अभियान शुरुवात भएको छ । खासगरी सामाजिक अपराध घटाउनको लागी सन्देशमूलक स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मानवीय सचेतनाको माध्यमबाट संस्कारयुक्त समाज विकास गर्ने लक्ष्यका साथ जिल्लाका तीन नगरपालिका र सात गाउपालिका गरी दश वटै स्थानिय तहका करिब ४६ हजार घरधुरीमा र पसलहरु गरेर करिब ५० हजार सन्देशमूलक स्टिकर टाँसिने छ ।

स्टिकरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्ने देखी वाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामुलक नाराहरु राखिएको छ । यस्तै महिलालाई सम्मान गर्नुपर्ने सन्देश सहित आत्महत्या रोकथामबारे सचेतना फैलाउने उद्देश्यले स्टिकर तयार पारिएको छ ।

स्टिकरमा प्रहरी, गाउँपालिका, विद्युत, एम्बुलेन्स लगाएत अत्यावश्यक र आकस्मिक नम्बरहरु पनी रहेका छन् । स्टिकर हेर्दा सानो रहे पनि यसको फाइदा र समाजमा पार्ने प्रभाव निकै ठूलो रहेको सरोकारवालाहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले सम्बन्ध विच्छेद, बहुविवाह देखि आत्महत्या जस्ता घटना हुनुमा विभिन्न कारण मध्ये बाल विवाह पनि प्रमुख कारणको रुपमा देखिएकाले सामाजिक अपराधको रुपमा रहेको बालविवाहलाई जरैबाट फाल्न प्रहरीले अभियान चलाएको बताउनुभयो ।

उहाँले यस अभियान स्थानिय स्तरमा प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले अहिले सम्म जिल्लाका करिब ९ हजार घरधुरीमा स्टिकर टाँसिएको बताउनुभयो । अबको २० दिनमा सबै घरमा स्टिकर टाँस गरिसक्ने उहाँको भनाई छ । कुमाख गाउपालिकामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज जैसी, वडाअध्यक्ष, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top