ट्रेण्डिङ

होमपेज / समाज

वुद्व सरोवर निर्माण गर्न ‘धम्म देशना’

नेपालगाथा २०७६ माघ २ गते बिहीबार १८:०२:४९ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरमा १०८ फिट अग्लो वुद्धको मुर्ति स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ मा वुद्वको मुर्ति स्थापना गरिने भएको हो । यो मुर्ति नेपालकै सबैभन्दा अग्लो मुर्ति हुने बताइएको छ । वीरेन्द्रनगर–६ मा रहेको आठ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा वुद्धको मुर्तिरहित ३५ फिटको वौद्व झण्डा, पाँच रंगका पानीको फोहोरा र १०८ दानाको धर्म जप मालासहितको वुद्ध सरोवरको स्थापना गरिने भएको छ ।  करिब ९ देखि ११ करोड रुपैयाँ कुल लागतको सम्भावना बोकेर वुद्ध सरोवर स्थापनाका लागि गठित वुद्ध सरोवर व्यवस्थापन समितिले यही माघ ३ गतेदेखि ९ गतेसम्म ७ दिने ‘धम्म देशना’ कार्यक्रमको समेत आयोजना हुँदैछ ।

समितिका अध्यक्ष पञ्चसिंह रोकायले भने, ‘हामीले कर्णालीबासी सबैबाट सहयोगको अपेक्षा राखेका छौँ । हरेक व्यक्तिबाट एक सय रुपैयाँ सहयोग लिन सकिए पर्यटकीय रुपमा पनि महत्वपूर्ण योगदान दिने वुद्ध सरोवरको स्थापना गर्न सकिन्छ ।’ ‘धम्म देशना’ कार्यक्रममा वुद्ध पूजा, भजन धम्म, विभिन्न समुदायको प्रतिनिधित्व गर्ने गरी धार्मिक तथा सांस्कृतिक भेषभूषासहितको शान्ति ¥याली, भजनदान महिमालगायतको कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रमका बारेमा जानकारी दिन वुद्ध सरोवर व्यवस्थापन समितिद्वारा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रोकायले भने, ‘धम्म देशना कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरुले दानको महिमाको बारेमा पनि प्रवचन दिनेछन् । जसका लागि इसाई, वौद्ध, मुस्लिमलगायतका समुदायका धर्मगुरुहरुलाई खबर गरिसकिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top