ट्रेण्डिङ

होमपेज / समाज

उपसभामुखलाई राजीनामा गराउने तयारी

नेपालगाथा २०७६ मंसिर २५ गते बुधबार १५:४८:५७ मा प्रकाशित

मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेको छ । संसद् अधिवेशन सुरू हुनुअगाडि नै उपसभामुखलाई राजीनामा गराउने तयारी नेकपाले गरेको हो । संसद्को हिउँदे अधिवशेन पुस ४ गते बोलाइएको छ । सभामुख पद रिक्त रहेकाले सभामुख पद लिन उपसभामुखले राजीनामा दिनुपर्छ । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने संवैधानिक व्यवस्था छ । ‘उपसभामुखले सभामुखलाई संवोधन गरेर राजीनामा दिन सक्नुहुन्छ । यसका लागि उहाँले पुस ४ अगाडि नै राजीनामा गरिसक्नुपर्छ,’ नेकपाका एक नेताले भने, ‘अधिवशेन शुरू भएको दिनको बैठक नै ज्येष्ठ सदस्यले सुचारू गराउनुहुन्छ ।

त्यही बैठकमा उपसभामुखको राजीनामा स्वीकृत हुन्छ ।’ निर्वाचनको प्रक्रिया त्यही दिनदेखि सुरू हुने ती नेताले बताए । उपभामुख शिवमाया तुम्बाहाङफेले भने आफूले राजीनामा दिने निश्चित भए पनि त्यसको मिति तय नभइसकेको बताइन् । पहिलो बैठकको आयोजना मैले गर्न पनि सक्छु नगर्न पनि सक्छुु । उनले भनिन्, ‘सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने र मैले राजीनामा दिने एकैचोटी पनि हुनसक्छ ।’ निर्वाचनको प्रक्रियाबारे छलफल गर्न आफूले पुस ४ अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top