ट्रेण्डिङ

होमपेज / समाज

सिडिओलाई निलम्बन गर्न अख्तियारको पत्र

नेपालगाथा २०७६ मंसिर २५ गते बुधबार १३:२५:५३ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी रिजाललाई निलम्बन गर्न गृहमा लेखी पठाइएको जानकारी गराएका हुन् । रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकाले पदमा बहाल रहँदा आफूविरूद्धको प्रमाण लोप गर्नसक्ने भएकाले निलम्बन गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफूविरूद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पु¥याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा ९३० बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरबारमा लेखी पठाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । दोलखामा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेको थियो ।

घुस लिएको आरोप लागेपछि मन्त्रालयले केही दिनअघि उनलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाएको थियो । रिजाललाई गृहले अतिरिक्त कोटामा सामान्य प्रशासन मन्त्रालय सरूवा गरिसकेको छ । ‘अतिरिक्त कोटा’मा सरूवा हुनु कारबाहीजस्तै हो । ‘अख्तियारको पत्र प्राप्त भइसकेको छैन, पत्र पाउनासाथ निलम्बन हुन्छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top