ट्रेण्डिङ

होमपेज / समाज

सकुन्तला सापकोटा (गौली)  नर्सिङ अधिकृत

कर्णाली प्रदेश अस्पताल सुर्खेत

नेपालगाथा २०७६ मंसिर २४ गते मंगलबार २२:३९:२८ मा प्रकाशित

प्रेरणाको स्रोत ः एकजना अन्टिको प्रेरणा र घरपरिवारको सहयोगले नर्स बनेकी हँु । म पढाईमा सानैदेखि ट्यालेन्ट थिएँ । सधै परीक्षामा राम्रो अंक ल्याउथे । तर नर्स नै बन्छु भन्ने सोचेकी थिइनँ । एकदिन एक जना अन्टिले तिमी ट्याललेन्ट छौ, नर्स पढ भन्नुभयो । मलाई सामाजिक काम गर्न सानैदेखि मन थियो । उहाँको यही कुराले नर्स पढ्छु भन्ने प्रेरणा लागेको हो ।


खुशी ः खुशीका क्षणहरु धेरै छन् । हाइस्कुलमा पढ्दा प्रत्येक शुक्रबार गित, गजल, निवन्धजस्ता कार्यक्रमहरु हुन्थे । त्यसमा सधै सहभागी भएर प्रथम हुन्थें । जिल्लास्तरीय कार्यक्रममा पनि  सरहरुले मलाई छनोट गरेर पठाउनु हुन्थ्यो । त्यहाँ पनि म प्रथम भएर आउथें । त्यतिबेला सरहरुले गरेको विश्वास र दिएको हौसला नै मेरो खुशीको क्षण हो । त्योसँगै खुशीको क्षण धेरै छन् ।
दुःख ः मैले सघर्ष पनि धेरै गरेकी छु । नर्र्सिङ पढ्दा आर्थिक अभाव हुदाँहुदाँ पनि सघर्ष गरेर पढ्न परेको थियो । त्यो मेरो दुःखको क्षण हो ।


लक्ष्य ः  विभिन्न कारणले गर्दा मानसिक समस्यामा परेका महिलाहरुका लागि परामर्श सेन्टर खोलेर सेवा दिने लक्ष्य लिएकी छु । साथै अस्पतालमा बिरामी र आफन्तसँग केही सोधीहाले रिसाउने, झर्किने र बिरामीको भावना नबुभ्ने आलोचना भइरहेको बेला स्वास्थ्य सेवामा कार्यरत नर्सहरुले कसरी मुस्कानसहित सेवा दिने भन्ने बारे अभियान सञ्चालन गर्ने लक्ष्य छ ।
गन्तव्य ः  पोखरा, दाङ, जुम्ला, स्याङजालगायत नेपालका १६ जिल्लामा भ्रमण गरेकी छु । त्यस्तै चाइनाका विभिन्न प्रदेश, भारत, अमेरिकाकामा भ्रमण गरेकी छु ।
अध्ययन ः  म मेरो विषयसँग सम्बन्धित किताबहरु धेरै अध्ययन गर्छु । त्यस्तै समाचारमूलक सामाग्रीहरु अध्ययनन गर्ने गरेकी छु ।
मनोरञ्जन ः म नजानी नजानी नाच्छु, गाउँछु, कुनै सभा समारोहमा गजल मुक्तक सुनाएर र सुनेर मनोरञ्जन लिने गर्छु । 
प्रस्तुति ः चन्द्रा कँडेल÷सुर्खेत

प्रतिक्रिया

सम्बन्धित खवर

Top