ट्रेण्डिङ

होमपेज / समाज

भ्रष्टचार बिरोधी अभियान कहिले सम्म ?

नेपालगाथा २०७६ मंसिर २४ गते मंगलबार १५:४६:५३ मा प्रकाशित

दिपक के.सी., काठमाण्डौं । बर्तमान समयमा बिश्वमा भ्रष्टचारको जालो मौलायको पाइन्छ । बिश्वका जति राष्ट्र छन सबै राष्ट्र भ्रष्टचारको दलदलमा फसेका छन् । बिश्वमा भ्रष्टचार बिरुद्धको दिबस डिसेम्बर ९ का दिन मनाइने गरीन्छ । यो दिबस नेपालमा पनि प्रत्यक बर्ष मनाउने गरीन्छ । बिश्वमा भ्रष्टचार गर्ने राष्ट्र मध्य नेपाल तिसौं अंकमा पर्ने गर्दछ । बिश्मा गरिबी बढ्नु नै भ्रष्टचार मुल तत्व हो । यस्लाई निर्मुल पार्नका निमित्त बिभिन्न किसिमका कार्यक्रम हरु हुँदै आएको पाइन्छ । कार्यक्रम भएतापनि ति कार्यक्रम प्रभावकारी रुपमा अघि नबढेको नागरीकको गुनासे छ । 

काठमाण्डौंमा पनि आज भ्रष्टचार बिरुद्धको दिबस भब्यताका साथ मनाएको छ । भ्रष्टचार बिरुद्धको दिबस ¥याली सहित बजार परिक्रमा गरी भृकुटीमण्डपमा आइ कोणसभामा परिणत भएको थियो । हामि “भ्रष्टचार निर्मुल पार्ने आन्दोलनमा कटिबद्ध छौं”उहाँले भन्नुभयो भ्रष्टचार बिर्मुल नभयसम्म बिकास समृद्धि ठप्प हुन्छ प्रशिद्ध इन्र्देणी कार्यक्रम का संस्थापक कृष्ण कंडेल संग कुरा गर्दै गो गो फाउण्डेसनका प्रतिनिधी केदार खड्काले यस्तो बताउनु भयो । उहाँले देशमा भ्रष्टचार मौलाय न्याय मर्ने र जनताले न्याय नपनउने समेत बताउनु भयो ।

प्रशिद्ध इन्र्देणी कार्यक्रम का संस्थापक कृष्ण कंडेल आफु पनि लोक संस्कृतिको माध्यम बाट भ्रष्टचार बिरोधी अभियानमा तल्लीन भएको बताउनु भयो । उहाँले भ्रष्टचार बिरोधी अभियानको रुपमा इन्दे्रणाी कार्यक्रम लाई उदाहरणको रुपमा लिनुपर्ने समेत ठोकुवा गर्नु भयो । यसैगरी उहाँले न्याय नपाए गोर्खा जानु पृथिबि नारायण शाहाको भनाइलाई उद्रित गर्दै अन्याय,अत्याचार, पिडित र रोगले पिल्सीयका नागरीकले इन्द्रेणीमा आए न्याय पाउने कंडेलले बताउनुभयो । उहाँले भ्रष्टचार बिरुद्धको पाठ सिक्न लाई इन्द्रेणी कार्यक्रम हेर्न सत्ता र सत्ता बाहिर बसेका नेतृत्व कर्मीलाइ चेतावनि समेत दिनुभयो । सो कार्यक्रममा देशका सातवटै प्रदेशको प्रतिनिधिको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top