ट्रेण्डिङ

होमपेज / समाज

चार हजार विद्यार्थीलाई झोला ‘उपहार’

नेपालगाथा २०७६ मंसिर २१ गते शनिबार २१:५४:२० मा प्रकाशित

रुपान्तरण नेपालले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोला वितरण गरेको छ । शनिबार चामुण्डा क्याम्पसमा रूपान्तरण नेपालले आयोजना गरेको युएण्डमी नेपाल–जापानको सहयोग र चामुण्डा विन्द्रासैनी नगरपालिकाको समन्वयमा नगरपालिकाअन्र्तगत सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला उपहार स्वरूप वितरण गरिएको हो । 
रूपान्तरण नेपालकोे ४ हजार विद्यार्थीलाई ‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत झोला वितरण गरेको छ । झोलाका कारणले विद्यालयबाट कोही बालबालिका वञ्चित हुन नदिनका लागि झोला वितरण गरिएको आयोजकले जनाएको छ । 
कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र शाहीले चामुण्डा विन्द्रासैनी नगरपालिकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुन्द्र पारीबाट झोला पठाइएको भन्दै प्रशंसा गरे ।  साथै कर्णाली समृद्धिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने उनले बताए । उनले भने, ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउँदैनौँ, तबसम्म विकासले तिव्र गति लिँदैन । विकासलाई तिव्र गतिमा अघि बढाउन शिक्षालाई नै प्रथामिकता राख्नुपर्छ ।’ जापान शिक्षाकै कारणले विकसित भएको उनले उदारण समेत दिए । 
कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले शिक्षालाई गुणस्तरीय बनाउन सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘राज्य एक्लै जिम्मेवार भएर शिक्षा गुणस्तरमा सुधार हुँदैन, शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति  जिम्मेवार हुनुपर्छ ।’ उनले भने ।
यसैगरी उपप्रमुख ताराकुमारी शाही खत्रीले सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रूपान्तरण नेपाल र युएण्डमी नेपाल–जापानलाई धन्यवाद उनले झोला नभएर कोही बालबालिकाहरु विद्यालय जानबाट वञ्चित नहुने बताइन् । 
रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णाली प्रदेश प्राकृतिक रूपमा स्रोत साधनले सम्पन्न भएता पनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
यूएण्डमी नेपाल–जापान, जापानी र नेपाली युवाहरूद्वारा स्थापित विशेषतः नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हो ।
जापानी झोला सहयोग कार्यक्रम स्थानीय तहको स्थलगत अनुसन्धान गरी ४ देखि ८ कक्षासम्मका सम्पूर्ण विद्यार्थीको सङ्कलित तथ्याङ्कका आधारमा सञ्चालित कार्यक्रम भएको रुपान्तरण नेपालले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top