ट्रेण्डिङ

होमपेज / समाज

दुर्घटना न्यूनीकरण गर्न होडिङ बोर्ड

नेपालगाथा २०७६ मंसिर ४ गते बुधबार १६:१०:५६ मा प्रकाशित

सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा होडिङ बोर्ड राखेको छ । मंगलबार संस्थाले बबई नदीको पश्चिमतिरको सडकको छेउमा होडिङ बोर्ड जडान गरेको हो । ‘सवारी साधन सुरक्षित रुपले चलाउनुहोस् । तपाईको घरमा तपाईलाई परिवारले पर्खिबसेका छन् ।’ जस्ता लेखिएका होडिङ बोर्डलाई सडकमा व्यवस्थित रुपमा राखेर सवारी चालकहरुलाई सचेत बनाउने काम भइरहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम बिसीले जानकारी दिए । 

‘हामीले दुर्घटना न्यूनीकरणका लागि एउटा महाअभियान सञ्चालन गर्दैछौँ ।’ उनले भने, ‘यसका लागि जिल्ला ट्राफिक प्रहरीसँगको सहकार्यमा विभिन्न क्षेत्रमा सचेतना अपनाउने काम गरिरहेका छौँ ।’ साथै उनले मंसिर २४ गते संस्थाको स्थापना दिवसको अवसरमा महाअभियान सुरुवात गर्ने बताए । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयसिंह सिजापतीले यात्राको क्रममा रहेका चालक, यात्रुहरुलाई होडिङ बोर्डले राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

साथै उनले नेपाल भ्रमण वर्षको अवसरमा कर्णाली प्रदेशमा आउने मानिसहरुका लागि बोर्डले सकारात्मक सन्देश दिने बताए । गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गर्न लागेको सडक दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत होडिङ बोर्ड राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top