होमपेज / समाज

कर्णालीका जडिबुटीको वैज्ञानिक ढंगले व्यवस्थापन गरिने ः मन्त्री रावल

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २१:५२:२१ मा प्रकाशित

चन्द्रा कँडेल, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेशका जडिबुटीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने बताएका छन् । कर्णाली प्रदेशमा जडिबुटीको सम्भावना रहेको भन्दै मन्त्री रावलले यसको व्यवस्थापन गर्नको लागि मन्त्रालय लागिपर्ने बताए । सामाजिक विकास मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको औषधीजन्य जडिबुटी, खनिज तथा प्राणीजन्य पदार्थको संकलन प्रशोधन तथा प्रयोजन सम्बन्धी अन्तत्र्रिmया कार्यक्रमको सम्बोधन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् । 
‘भाषणमा मात्र कर्णाली प्रदेश जडिबुटीका हिसाबले धनी हो भनेर मात्र हुँदैन जडिबुटीका विज्ञको हिसाबले कत्तिको उपयुक्त हो त्यसको अनुसन्धान हुनुपर्छ’ मन्त्री रावलले भने, ‘यसका लागि योजना बनाएरै अघि बढौं ।’ कर्णालीमा जडिबुटी लोप हुँदै गइरहेको भन्दै यसको संरक्षणमा पनि जुट्नुपर्ने उनको भनाई छ । ‘जडिबुटीको प्रवद्र्धन र विकासको लागि बजेटको कमी हुने छैन’ उनले भने, ‘बजेट खोजेरै ल्याउनुपर्ने भए पनि कर्णाली प्रदेश सरकार लाग्नेछ ।’  
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जडिबुटीबाट आत्मनिर्भर गर्न अनुदान दिने वातावरण सिर्जना गर्नेुपर्नेमा जोड दिए । जडिबुटीका हिसाबले कर्णाली धनी रहेको भन्दै उनले यसको प्रशोधन गर्नुपर्ने बताए । 
कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाले जडिबुटीको विकास र संरक्षणमा जुट्नुपर्ने बताए । उनले जडिबुटीको प्रर्वद्धन र विकासका लागि ठाउँ–ठाउँमा जडिबुटीको नर्सरी बनाउनुपर्नेमा जोड दिए । जडिबुटीको प्रवद्र्धनको लागि योजना र विशेषज्ञताको खाँचो रहेको उनको भनाई छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा कर्णाली प्रदेशका जडिबुटी विशेषज्ञहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top