होमपेज / समाज

नारायणप्रसाद सिग्देल, प्रधानाध्यापक

श्री जनज्योति मावि (सामुदायिक विद्यालय प्राविधिक शिक्षा TECS कार्यक्रम ) बराहताल–५, बड्डिचौर, सुर्खेत

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २०:३८:४७ मा प्रकाशित

प्रेरणाको स्रोत  : आफ्नै मेहेनत मेरो पे्ररणाको स्रोत हो । मैले सानोमा दुःख गरेर पढेको हुँ । जब म शिक्षक बने अनि गरीव तथा विपन्न परिवारबाट आएका विद्यार्थी नियमित विद्याालय नगएको पाएँ । त्यतिबेला मैले आफ्नो दुःख सम्झिए । गरीबीका कारण कसैले पढाइ छाड्न नपरोस् भन्ने लाग्यो । त्यसछि त्यस्ता विद्यार्थीलाई विद्यालयको पहँुचमा ल्याउनुपर्छ भनेर संघ गरे फल स्वरुप अहिले यो स्थानमा छु । 
सुखी  : २०६९ सालमा म कार्यरत विद्यालयले आइएसी एजीको सम्बन्धन प्राप्त गरेको थियो त्यतिबेला म धेरै खुसी भएँ । किनकि लामो संघर्ष र मेहेनतपछि स्कुलले सम्बन्धन प्राप्त गरेको थियोे ।

 
दुखी  : म कक्षा नौ मा पढ्दै थिए । २०३९ सालमा बुवा बित्नुभयो त्यो मेरो सबैभन्दा पिंडाको क्षण हो ।
लक्ष्य  : आफ्नो पेशालाई अझै मर्यादित बनाउने । विशेष गरी शिक्षाको पँहुचबाट टाढा रहेका बालबालिकालाई व्यवसायिक शिक्षा दिनको लागि सक्दो सहयोग गर्ने लक्ष्य लिएको छु । विद्यालयले गरेको नमूना कार्यबाट पे्ररणा पाएर कसैले पनि देशको जमिन बाझो नराखुन् भन्ने अभियानमा लागेको छु । यो नै मेरो लक्ष्य हो ।
गन्तव्य : नेपालका धेरै जिल्लाहरुमा गएको छु । त्यस्तै भारतका केही ठूला शहरहरु र बैंकक भ्रमण गरेको छु ।


अध्ययन  : सामाजिक सञ्जाल र अनलाइनमा आएका समाचारमूलक सामग्रीहरु पढ्ने गर्छु । शिक्षा सम्बन्धीका लेख, रचना पढ्छु । विशेष गरी कृषिसँग सम्बन्धित लेखहरु पढ्छु । त्यस्तै आध्यात्मिक कुराहरु अध्यन गर्छु ।
मनोरञ्जन   : बिहानदेखि बेलुकासम्म विद्यार्थी भाइ बैनीसँगै हुन्छु । त्यसैमा आनन्द लाग्छ । भाइबहिनीको फर्महरु हेर्दा खुसी लाग्छ । त्यस्तै बाहिरबाट विद्यालययमा भिजिट गर्नको लागि केही ब्यक्तिहरु आउनुहुुन्छ । उहाँहरुले दिएको प्रेरणाले पनि आनन्दको महशुस गर्छु ।


प्रस्तुति चन्द्रा कँडेल÷सुर्खेत

प्रतिक्रिया

सम्बन्धित खवर

Top