होमपेज / समाज
सुर्खेत ।कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको टोली विभिन्न प्रदेशको सात दिने भ्रमणमा निस्केको छ । कर्णाली प्रदेश सभाको वार्षिक कार्यक्रमअन्तर्गत गएको कात्तिक २४ गतेदेखि टोली अध्ययन भ्रमणमा निस्किएको प्रदेश सचिव जीवराज बुढाथोकी जानकारी दिए । उनका अनुसार सभामुख शाहीको टोली प्रदेश नम्बर ५, प्रदेश ३, प्रदेश २ र प्रदेश १ सम्म पुग्नेछ । भ्रमण टोलीमा सभामुख शाही, उपसभामुख पुष्पा घर्ती, प्रदेशसभा सदस्यहरु सीता नेपाली, वीरबहादुर शाही, सोशीला शाही र प्रदेशसभा सचिव जीवराज बुढाथोकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको टोलीले अन्य प्रदेशमा गरिएको प्रदेश सञ्चालनको अवस्था र प्रदेश सभामार्फत् बनेका कानूनहरू निर्माणलगायतका विषयमा अनुभव आदान–प्रदान गर्न भ्रमण केन्द्रित रहेको भ्रमण संलग्न प्रदेशसभा सचिव बुढाथोकीले जानकारी दिए । उनका अनुसार भ्रमण टोली आगामी ३० गते फर्किने कार्यक्रम रहेको छ ।