होमपेज / समाज

बुलबुलेमा ७० हजार पर्यटक

नेपाल गाथा २०७६ कार्तिक २२ गते शुक्रबार ११:२२:१९ मा प्रकाशित

वीरेन्द्रनगर । सुर्खेतको पर्यटीयकस्थल बुलबुलेतालमा यस आर्थिक वर्षमा ७० हजार बाह्यतथाआन्तरिक पर्यटक पुगेका छन् । वीरेन्द्रनगरबाट नजिकको पर्यटकीयस्थल हुनु र यसलाई थपआकर्षित बनाइएकाले यहाँपर्यटकको संख्या बढ्दै गएको हो । यहाँ दसैंतिहारजस्तापर्व मनाउन घर आएकाहरू धेरै आउने गरेको सुर्खेत उपत्यकानगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्यपर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यानप निनिर्माण गरिएको छ । तालमा डुंगा सञ्चालन गरिएको छ । यो आर्थिक वर्षको साउनदेखि असोज मसान्त सम्म मात्रै यहाँ करिब ७० हजार पर्यटक बुलबुलेमा भित्रिएका छन् ।

यसमध्ये एक सय ६३ विदेशीपर्यटकले बुलबुले अवलोकन गरेको सुर्खेत उपत्यकानगर विकास समितिले जनाएको छ । समितिका अनुसार यस अवधिमा पाँच लाख रूपैयाँआम्दानीभएको छ । गतवर्ष यहाँ करिब दुई लाख ४७ हजार पर्यटक आएको सुर्खेत उपत्यकानगर विकास समितिका लेखापाल खडक रानाले जनाए । त्यसमध्ये तीन सय ३३ जना विदेशी पर्यटक रहेको उनको भनाइ छ । गतवर्ष २३ लाख ३४ हजार रूपैयाँ आम्दानी भएको उनको भनाइ छ । बुलबुलेको मनोरञ्जन, विदेशीपर्यटक, सवारी साधनपार्किङ, पिक्निक स्पट, फिलिम सुटिङ, खानेपानी, डुंगा सयर आम्दानीको स्रोत हो ।

यसरी भएको आम्दानी बुलबुलेको संरक्षण, विकास र व्यवस्थापन, गमला निर्माण, रङरोगन, फोहोर व्यवस्थापनमा खर्च हुने समितिका लेखापाल रानाले बताए । बुलबुलेमा घुम्न आउने पर्यटकको संख्या दसैं तिहार पछि ह्वातै बढेको सुर्खेत उपत्यकानगर विकास समितिकी कर्मचारी निर्मला बास्तोलाले बताइन् । बुलबुलेमा यतिबेला दैनिक तीन हजार जना सम्म आन्तरिक तथा बाह्यपर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि घुम्न र पिक्निकखान साथीहरूसँगै आएकाकृष्ण रोकायले आफूलाई बुलबुले रमाइलो लाग्ने गरेको बताए । यहाँको वातावरण,ताल र उद्यान मन पर्ने उनको भनाइ छ ।

बाँकेबाट यहाँआएकी सरीता मगरले बुलबुलेलाई अझै व्यवस्थितबनाउन सके बाह्यपर्यटकको आकर्षणबढ्ने बताइन् । पहिले भन्दा अहिले बुलबुलेको स्वरूप परिवर्तन भएको जुम्लाका दीपक बहादुर रोकायले बताए । विशेष गरी मुगुको रारा तालघुम्न जाने बाह्यपर्यटक बुलबुलेमा घुमेरै जाने गरेको बास्तोलाले जनाइन् । बुलबुले ताल कर्णालीप्रदेशको राजधानीवीरेन्द्रनगर सुर्खेतमाअवस्थित छ । जमिनमुनिबाट बुल्बुलगर्दै पानीआउने भएर बुलबुले तालनामकरण गरिएको हो । यो समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट) को उचाइमा अवस्थित छ । बुलबुले ताल र काँक्रेविहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अवस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top