होमपेज / समाज

साढे एक लाख बढीको स्वास्थ्यबीमा

नेपाल गाथा २०७६ कार्तिक २१ गते बिहीबार १७:१०:४५ मा प्रकाशित

चन्द्रा कंडेल, वीरेन्द्रनगर । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमामा कर्णालीका एक लाख ८८ हजार सात सय ६६ जना सहभागी भएका छन् । सल्यान र दैलेख बाहेक अन्य आठ जिल्लाका नागरिक उक्त बीमा कार्यक्रममा सहभागी भएकाहुन् । कर्णालीमा स्वास्थ्य बीमाकार्यक्रम २०७४ असार १ गतेदेखि जुम्लाबाट सुरु भएको थियो । कर्णालीप्रदेश बीमाबोर्ड कार्यालयका अनुसार कर्णालीका आठ जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको छ । दैलेखमा उक्त कार्यक्रम सञ्चालनको चरणमा रहेको कर्णाली प्रदेश बीमाबोर्ड कार्यालयका प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए । उनका अनुसार सल्यानमा भने यो वर्षको अन्तिमसम्म स्वास्थ्यबीमा कार्यक्रम सुरु गर्ने तयारी छ ।

रुकुम पश्चिममा ४१ हजार ७०, सुर्खेतमा ३९ हजार आठ सठ तीन, जुम्लामा ३६ हजार एक सय ५४ रजाजरकोटमा ३३ हजार चार सय ७५ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै कालीकोटमा ३१ हजार पाँच सय १६, हुम्लामा तीन हजार दुई सय ५७, मुगुमा दुई हजार एक सय २७ र डोल्पामा एक हजार तीन सय ६४ जनाले स्वास्थ्यबीमा गरेको कर्णालीप्रदेश बीमाबोर्ड कार्यालयका प्रदेश संयोजक पण्डितले जनाए । यीमध्ये ६० हजार बढी बीमितले स्वास्थ्य उपचार लिइ सकेको कर्णाली प्रदेश बीमाबोर्ड कार्यालयले जनाएको छ ।

सरकारले बीमाकार्यक्रममा आबद्ध भएका सदस्यको निःशुल्क उपचारका लागिजिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथानिजी अस्पतालसँग सम्झौतासमेत गरेको छ । बिरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानको आधारमा सरकारले अस्पतालको सूचीतयार पारेको छ । सोही सूचीतथा सम्झौताका आधारमा बिरामीले स्वास्थ्य सेवालिन सकिने कर्णाली प्रदेश बीमाबोर्ड कार्यालयमा कार्र्यरत प्रदेश संयोजक पण्डितले बताए । स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश अन्तर्गत हाल सम्म जाजरकोट, जुम्ला, सुर्खेत, रुकुमपश्चिम, कालीकोट, मुगु, डोल्पा र हुम्लामा सञ्चालन भएको छ ।

बीमाकार्य क्रमलाई प्रभावकारी बनाउन स्थानीयतह, स्वास्थ्यकर्मी, प्रदेश सरोकारवाला, सेवाप्रदायक र सर्वसाधारण सँग विभिन्न छलफल तथा समीक्षा कार्यक्रमहरू भएकाथिए । अतिविपन्न (नेपाल सरकारले रातो कार्ड दिएको), एचआइभी लागेको, कृष्ठरोगी, एमडिआरटिवी लागेका व्यक्तिका परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । थोरै उपचारमा स्वास्थ्य उपचार गर्न पाउँदा सर्वसाधारणहरू यस प्रति आकर्षित भएका छन् ।

२०१९ सम्म सरकारले ३० कूल जनसंख्याको ३० प्रतिशत र सन् २०३० सम्ममा सतप्रतिशत व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको छ । तर कर्णालीका आठ जिल्लामा २१ प्रतिशत जनसंख्या स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् । यस कार्यक्रमलागू भएका कर्णालीका आठ जिल्लाको जनसंख्या नौ लाख २८ हजार एक सय ४५ जनसंख्या छ ।कार्यक्रम सुरु हुँदा सर्वसाधारण झुकिएकाले त्यति प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समयमायसको महत्व बढ्दै गएपछि सर्वसाधारण यस बीमाप्रति आकर्षित हुँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top