होमपेज / समाज

के तपाई निन्द्रा नलागेर तनावमा हुनुहन्छ ? हुनुहन्छ भने जान्नुस् निन्द्रा नलाग्नुको यी ५ कारण र बच्ने उपाय

नेपाल गाथा २०७६ कार्तिक २० गते बुधबार १४:४४:११ मा प्रकाशित

काठमाडौँ । शरिरको थकान र तनाव कम गर्नको लागी मज्जाले सुत्नु पर्दछ । किनभने दिनभरको कामकाजले शरिरको अधिकांश शक्ति घटेको हुन्छ । यस उर्जालाई फेरी फिर्ता ल्याउनको लागी राम्रो निन्द्राको आवश्यकता हुन्छ । यदि रातभर राम्ररी निदाउन सकेन भने शरिरमा विभिन्न शारिरिक र मानसिक समस्याहरु देखा पर्दछ । यसरी रातभर निन्द्रा नलाग्नुको पनि केही विशेष कारण हुन्छ । आज हामी यही ओछ्यानमा सुत्दा पनि निन्द्रा नलाग्नुको कारण बताउदै छौँ । हेर्नुस्

आफ्नो ओछ्यानको तापक्रम
जब हामी रातमा ओछ्यानमा सुत्छौ , त्यसबेला तपाईको दिमाख शान्त हुनपर्छ । तर जब ओछ्यानमा रातक्रम कम वा बढी हुन्छ , त्यसबेला हाम्रो शरिर चिसो वा तातो हुन्छ । त्यसपछि तपाईको शान्ति भंग भई निन्द्रा लाग्दैन् । त्यसैले ओछ्यानको तापक्रम मिलाएर मात्र सुत्नुपर्छ ।

विस्तारमा जानुभन्दा पहिले ब्यायाम
विस्तारमा जानुभन्दा पहिले ब्यायाम गर्नु राम्रो हुदैन् । किनभने ब्यायाम गरेपनि सुत्ने बेलामा शरिर निकै तातो हुन्छ । त्यसैले सुत्दा शान्त नभई निन्द्रा लाग्दैन् । यदि ब्यायाम गर्नु परेमा सुत्नुभन्दा ३ घण्टा पहिले गर्नुस् ।

डिप्रेशन
यदि तपाई डिप्रेशनबाट पिडित हुनुहुन्छ भने निदाउनलाई निकै गाह्रो हुन्छ । यदि सुत्ने बेलामा नकरात्मक र उदासी हुदा यस्तो असजकता आउँछ । त्यसैले यस समस्याबाट छुटकरा पाउनको लागी नियमित मेडिटेसन गर्नुपर्दछ ।

सुताईको समयमा परिवर्तन

यदि हाम्रो नियमित सुताईको समयभन्दा फरक समयमा सुतेमा पनि निन्द्रा लाग्दैन् । जबकी हामी एक देशबाट अर्को देशमा यात्रा गदै जान्छौ । त्यसबेला यस्तो समस्या देखा पर्दछ ।

कफिको सेवन
यदि तपाई दिनमा धेरै कफि पिउनुहुन्छ भने पनि समयमा निन्द्रा लाग्दैन् । जब हामी कफी पिउछौँ , यसको असर शरिरमा ५ घण्टासम्म हुन्छ । यदि रातभर मज्जाले निदाउन चाहनुहुन्छ भने मनतातो दुध पिउनु लाभदायक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top