ट्रेण्डिङ

होमपेज / समाज

आफनो लगानीमा ३५ जना जेष्ठनागरिकलाई स्वर्गद्धारी धाम पठाए ः नगर प्रमुख भरत थापा

नेपालगाथा २०७६ कार्तिक १९ गते मंगलबार १०:५१:५४ मा प्रकाशित

नवलपरासी। सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले जेष्ठ नागरिकहरुलाई आफनो व्यक्तिगत लगानीमा तिर्थयात्रामा पठाएका छन् । नगरपालिकाको वडा १२ भुमहीमा रहेका ३५ जना जेष्ठ नागरिक आमाबुवाहरुलाई प्युठान जिल्लामा रहेको एतिहासिक धार्मिक तिर्थस्थल स्वर्गद्धारी दर्शनका लागि पठाएका हुन् । स्वर्गद्धारी दर्शनका लागि आज विहान हिडेको जेष्ठ नागरिकहरुको टोलीलाई फुलमाला लगाई विदायी गरेका हुन । विगत लामो समयदेखि सामाजिक कार्यमा खटिदै आएका नगर प्रमुख थापाले ३५ जना आमाबुवाहरुलाई आफनो व्यक्तिगत लगानीमा तिर्थयात्रामा पठाएपछि नगरपालिकामा उनको चौतर्फि प्रशंसा भैरहेको छ ।

यस तिर्थयात्रामा हिडेका आमाबुवाहरुको खाना खर्च वडा १२ का वडा अध्यक्ष यमलाल पाण्डेले व्यवहोर्ने बताएका छन । वडा अध्यक्ष पाण्डेले पनि वडाको विभिन्न सामाजिक कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । त्यस्तै कार्तिक १५ गते सुनवल नगरपालिका वडा ४ बाट करिब ४० जना जेष्ठनागरिकहरु पुर्वी क्षेत्रका धार्मिक स्थलहरुको दर्शन गर्नका लागि हिडदा उक्त टोलीलाई बाटो खर्च भनि नगर प्रमुख थापाले ५१ हजार रुपैयाँ सहयोग पनि गरेका थिए । नगर प्रमुख थापाले आफँु पाउने नगरपालिकाबाट सेवा सुविधा बापतको रकम यस्तै सामाजिक कार्यमा खर्चिदै आएका छन् । नगर प्रमुख थापा नगरको प्रमुख हुनुभन्दा पुर्वपनि विभिन्न सामाजिक कार्यमा आफनो व्यक्तिगत तवरबाट पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top