होमपेज / समाज

कृषि क्याम्पस सञ्चालनका लागि धार्मिक महांयज्ञ

नेपाल गाथा २०७६ कार्तिक ३ गते आइतबार १७:४०:४३ मा प्रकाशित

सुर्खेत। सुर्खेतको पश्चिम चौकुनेमा ‘प्राविधिक शिक्षाको पूर्वाधार, समृद्ध चौकुनेको आधार’ भन्ने मूल नाराका साथ चौकुने गाउँपालिका ८ गुटुमा संचालन हुन गईरहेको कृषि तथा वन विज्ञान संकायको क्याम्पस संचालन गर्नका लागी धार्मिक महांयज्ञ संचालन गरिने भएको छ । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कार्तिक २२ गते देखी २९ गतेसम्म चौकुनेको गुटुमा महायज्ञ संचालन गरिन लागेको बताइएको हो । कर्णाली कृषि तथा वन विज्ञान क्याम्पसमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि तथा वन विज्ञान संकायका रुपमा स्थापना गरीने क्याम्पस संचालन समितिका अध्क्षय मोहोन सिंह बडुवालले बताए ।

कृषि तथा वन विज्ञान संकाय अनुमतिका लागि विश्व विद्यालय सिनेटबाट निर्णय पास भईसकेको र छिटो भन्दा छिटो भौतिक संरचना निर्माण गर्ने निर्देशन दिएकाले सहयोग संकलन गर्नका लागी महांयज्ञ संचालन गरिन लागेको प्रचार प्रशार उपसमितिका अध्यक्ष गोरख शाहीले जानकारी दिए । महांयज्ञमा ४० लाख बराबरको रकम दानदाता र बिभिन्न संघ संस्थाबाट प्राप्त गर्ने सहमती भएको बताइएको छ । भौतिक संरचना निमार्णका लागी ८ बिगाह जग्गा आवश्यक पर्ने लागी स्रोतको अभाव भएकोले स्रोत व्यवस्थापन गर्न महायज्ञ संचालन गरिए आयोजकको भनाई छ ।

महायज्ञमा करिब ५ करोडको स्रोत व्यवस्थापन हुने तथा करिब ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । महायज्ञमा एघार सय कलस बिक्री गरेने छन भने महायज्ञ व्यवस्थापनका लागी २१ ओटा बिभिन्न उपसमिती निर्माण गरीएको छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयले स्नातक तहका कृषिको पाठ्यक्रम निर्माण गरीसकेकाले यसै बर्ष भौतिक संरचना निमार्ण गरिने तथा आगामी बर्ष देखी कक्षा संचालनको उद्देश्यमा क्यामपस व्यवस्थापन समुह लागेको अध्यक्ष बडुवालले बताए ।

त्यस्तै क्याम्पस निर्माणका लागी स्थानीय वनबाट ४० बिगाह जग्गा प्राप्त भएपनि सो जग्गा ऐलानी भएकाले नेपाल सरकारको मन्त्री परिषदबाट प्रयोगका लागी अनुमति सहितको निर्णय गराउनु पर्ने भएकाले सोहि काममा लागेको चौकुने गाउंपालीकाका अध्यक्ष धिर बहादुर शाहिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top