ट्रेण्डिङ

होमपेज / समाज

मंगलगढी-काँक्रेविहार-शिव मन्दिर जाने बाटोको निर्माण शुरु

नेपालगाथा २०७६ कार्तिक ३ गते आइतबार १७:२६:०८ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ऐतिहासिक एवं पर्यटकिय वडा ९ न‌ं वडाको मंगलगढी चौक देखि काँक्रेविहार-शिव मन्दिर बाटोको निर्माण कार्य शुरु भएको छ । ९ न‌ं वडा अध्यक्ष सुरेश मानन्धरले सरकारी मापदण्ड अनुरुप २५ मिटरको फराकिलो बाटोको निर्माण कार्य शुरुभएको जानकारी दिनुभयो । विकासकालागि कोही पनि नागरिक बाधक हुनुहुँदैन त्यसैले यसकार्यमा सबै वडा वासीहरुले साथ दिन अनुरोध गर्दछु । अध्यक्ष मानन्धरले भन्नुभयो ।

यो सडक राष्ट्रिय योजना अन्तरगर्त भएको र अहिले स्थानीय सरकार तथा प्रदेश सरकारले सडक निर्माणको शुरु गरेको जानकारी दिनुभयो । अब यो सडक निर्माण भएपछि काँक्रेविहारमा अझ बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुनेमा अध्यक्ष मानन्धरले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top