होमपेज / समाज

अज्ञात पक्षको धारिलो हतियार प्रहारबाट सरावलमा एक जना घाइते

नेपाल गाथा २०७६ कार्तिक २ गते शनिबार १६:२०:३८ मा प्रकाशित

उमेश बि.क, सरावल । अज्ञात पक्षले कार्तिक १ गते राति धारिलो हतियार प्रहार गर्दा सरावल गाउँपालिका-४ मंगलापुरका ४५ वर्षीय मंगरु हरिजन घाइते भएका छन् । घाइते हरिजनको उपचार मेडिकल कलेज(युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस) भैरहवामा भइरहेको छ । शुक्रबार राति पाैने १० बजे घरकाे अागनमा सुतिरहेको समयमा अज्ञात पक्षको हतियार प्रहारबाट हरिजनको घाटिमा चोट लागेको सरावल गाउँपालिका-४ का वडा अध्यक्ष छाेटेलाल यादवले जानकारी दिनुभएको हाे ।

आक्रमण कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीचाैकि गाेबरहियाका इन्चरार्ज सिबि अाेलिले जानकारी दिनुभएको छ। घटनामा संलग्नहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका इन्सिपेक्टर महेश्वर उपाध्यायले बताए । अपराधीलाई कुनै पनि हालतमा हामी उम्कन दिदैनौं,’ उनले भने, ‘हामी अपराधीलाई पक्रन सक्रिय भएर लागेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top