होमपेज / समाज

सिद्धकुमाख गाउँपालिकाकाे गाडिमा अज्ञात समुहद्वारा अागजनी

नेपाल गाथा २०७६ भाद्र २९ गते आइतबार ०९:२४:४१ मा प्रकाशित

दुर्गा बिसी, सल्यान । सल्यान सिद्धकुमाख गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । ३ नं. वडामा पर्ने गाउपालिकाको कार्यालयमा पार्किङ्ग गरि राखिएको रा १ झ १७० नम्बरको गाडिमा अज्ञात समूहले आगजनी गरेको हो । कार्यालय अगाडि राखिएको टाटा कम्पनीको डबल क्याप गाडीमा शनिबार राती ११ः४३ मा आगनजनी भएको ढोरचौर प्रहरीको भनाइ छ । रातीको समय भएकाले स्थानीयवासी निन्द्रामा रहेको र आफुहरु गाडि जलेर ठुलो आवाजमा पड्किएपछि मात्रै थाहा पाएको प्रहरीले बतायो । स्थानियले थाहा पाए लगतै गाडिमा लागेको आगो नियन्त्रणमा लिएका थिए । आगो कसले लगाएको भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top