होमपेज / समाज

एशीयन लाईफद्वारा मृतकको परिवारलाई चेक हस्तान्तरण 

नेपाल गाथा २०७६ भाद्र २६ गते बिहीबार ०९:१७:५९ मा प्रकाशित

दैलेख । एशीयन लाईफ इन्स्योरेन्स प्रस्तावित शाखा दैलेखले उच्च स्वास–प्रस्वासका कारण असामयिक निधन भएका नौमूले गाउपालिका वडा न.२ ठुलो चम्लायका बीमित दिपक खत्रीको परिवारलाई एक लाख ५ हजार ३ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । “सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं” भन्ने उद्देश्यले संचालित ईन्स्योरेन्स कम्पनीले उक्त बीमा वापतको चेक हस्तान्तरण गरेको छ ।

बीमित दिपक खत्रीकोे यहि जेठ ३० गतेका दिन मृत्यू भएको थियो । मृतक खत्रीले एशियन लाईफ ईन्स्योरेन्स बीमा कम्पनीमा १५ बर्षिय, एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत रु १ लाखको बीमा गर्नू भएको कम्पनीका बिजनेश म्यानेजर जीवन राज खत्रीले जानकारी दिनु भयो । खत्रीका अनुशार एक कार्यक्रम बिच उक्त रकम बराबरको चेक उहांको श्रीमती मनसरी खत्रीलाई हस्तान्तरण गरिएको हो । मृतकी श्रीमती मनसरी खत्रीलका अनुशार, आफ्नो श्रीमान् जीवन बीमाको महत्वका बारेमा बुझेर, रकमले सानो भएता पनि समयमा नै जीवन बीमा गरिदिनु भएको हुदा आज आफू नरहदाको अवस्थामा पनि बीमा बाट प्राप्त रकमले साना बाल–बालिकको उच्च शिक्षाका लागी सहयोग गर्ने बताउनु भयो ।

जीवन बीमा गरिएको बीमितको मृत्यू पश्चात मृतकै घर–आगनमा नै आएर चेक हस्तान्तरण गरिएको पहिलो उदाहरण भएको भन्दै यसरी सबै बीमा कम्पनीहरुले पनि एशियन लाईफ इन्स्योरेन्स जस्तै बीमीतकै घर–आगनमै पुगेर कार्यक्रमहरु गर्न सके,बीमा कम्पनी प्रती अझै बिश्वास बढ्ने कुरा बताउनु भयो । कार्यक्रमका सभापती एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठले, जीवन वीमाको महत्व र उद्धेश्यका बारेमा जानकारी गराउदै, सर्वसाधारण नागरिकहरुको जीवन बीमा प्रतीको सोच र धारणा फरक–फरक भएकै कारण बीमा कम्पनीहरुले सोचे अनुरुप बजार ओगट्न नसकेको कुरामा जोड दिनु भयो ।

श्रेष्ठका अनुशारे यदि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी पाएको भए बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएको भए पनि नेपालमा रहेको सबै बिमा कम्पनीहरुले ३०० जनाको मृत्यु दाबि भुक्तानी मात्र बितरण गरिएको, यसमा पनि एशियन लाईफ इन्स्योरेन्स कम्पनिले ६५ जना मृतकहरुको परिवारलाई मृत्यु रकम भुक्तानि गरेको बताउनु भयो । श्रेष्ठका अनुशार हालसम्म नेपालको जनसंख्याको कुल २५ प्रतिशत जनताहरुले मात्र जीवन बीमा गरेको तथ्यांक रहेको बताउनु भयो ।

यसै गरी सभापति श्रेष्ठले, अहिलेको समयमा जीवन वीमा कम्पनीले धेरै बेरोजगारीहरु लाई रोजगारी सृजना गर्ने कार्य गरेको बताउदै सर्वसाधारणहरुले जीवन वीमा गर्दा बजारमा चलेको हल्ला भन्दा पनि राम्रो बीमा कम्पनीमा वीमा गर्न अनुरोध समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top