होमपेज / समाज

ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकलमा सवार सुनार घाईते

नेपाल गाथा २०७६ भाद्र १० गते मंगलबार २१:५५:१९ मा प्रकाशित

दुर्गा वि.सी., सल्यान । सल्यानकोे सल्लीबजारमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल सवार बनगाड कुपिण्डे १ राउँचेका १६ वर्षीया निमराज सुनार घाईते भएका छन् । मोटरसाइकल चालक अमित बराईलीलाई भने समान्य चोट लागेको छ । सल्लिबजारको माथिल्लो बजारमा भे १ त १८२० नं. को ट्याक्टर व्याग गर्दै गर्दा सल्ली चौहजारी सडकको माथितीर जाँदै गरेको भे ५ प ३३५१ नं.मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सुनारलाई दाहिने खुट्टामा चोट लागेको छ । खुट्टा फ्याक्चर भएको हुन सक्ने स्थानीय सञ्जवनी सामुदायिक अस्पालतमा कार्यरत डाक्टर सुशील मण्डलले जानकारी दिनुभयाे। घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएकोे छ । ठक्करदिने ट्याक्टर चालक सते लोहार भने इलाका प्रहरी कार्यलय सल्लीबजारको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील रावलले जानकारी दिनु भएको छ । पछिल्लो समयमा सल्लीबजारमा दैनिकजसाे दुर्घटना हुने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top