ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले लियाे सात जनालाई नियन्त्रणमा

नेपालगाथा २०७८ बैशाख २२ गते बुधबार १५:५३:५४ मा प्रकाशित

काठमाडौं । निषेधाज्ञा जारी भएको समयमा उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात जनालाई नियन्त्रणमा लिएको छ ।वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको हाे।

स्नोकर हाउसबाट घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खानलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रामप्रसाद घर्तीले बताए ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top