होमपेज / समाज
काठमाडौं । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा संक्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।
एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए। उनले भने, ‘संक्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।’कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताए।
गत वर्षभन्दा यो वर्ष संक्रमण फैलिने दर उच्च भएकाले संक्रमित थपिरहेको अस्पतालले जनाएको छ ।