होमपेज / समाज
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए। पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।
उनलाई कोरोना पुष्टि भएलगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा तानिएका छन् । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए ।