ट्रेण्डिङ

होमपेज / समाज

गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरेमा कारवाही गर्न अनुरोध

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १९:३२:३९ मा प्रकाशित

सुर्खेत ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि नेपाल पत्रकार महासंघ सुर्खेतले कारवाही गर्न अनुरोध गरेको छ । पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो ।

सुर्खेतले स्थानीय प्रशासनलाई चेकिङ्गमा कडाइ गर्न अनुरोध गरेको छ।  महासंघ सुर्खेतका सचिव ललित बुढाले विज्ञप्ती जारी गर्दै पत्रकारको नाममा भीडभाड बढेको, जथाभावी हिडडुल गरेको र गैर पत्रकारले पनि प्रेसको नक्कली परिचयपत्र बोकेर उलंघन गरेकाले प्रशासनलाई कारवाही गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top