ट्रेण्डिङ

होमपेज / समाज

आन्तरिक हवाई उडान बन्द

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १६:३५:५८ मा प्रकाशित

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।

अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने छ । यसबीचमा अत्यावश्यक अवस्थामा हेलिकोप्टर तथा जहाज चार्टर्ड गरेर भने उडाउन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top