होमपेज / समाज
काठमाडौं । मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा अवधीभर साइकल र ठेलागाडा पनि चलाउन नपाइने भएको छ । ठेला र साइकलमा पसल चलाए संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकाका तीनैवटा सीडीओहरुको संयुक्त बैठकले गरेका छन् ।
कालिप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेका हुन् ।पराजुलीले साइकल र ठेलागाडाबाट पनि संक्रमणको जोखिम देखिएकाले त्यस्तो व्यापारमा प्रतिबन्ध लगाइने निर्णय भएको बताए ।