ट्रेण्डिङ

होमपेज / समाज

कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १४:४३:५६ मा प्रकाशित

बाँके– शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हाे।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर त्याहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top