ट्रेण्डिङ

होमपेज / समाज

चट्याङ लागेर वडा सदस्यको मृत्यु

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार ०९:४९:१७ मा प्रकाशित

बैतडी। बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ । उनको सोमबार राति ८ः३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घर नजिकै रहेको गहुँ-मकै पिस्ने मिलमा काम गरिरहेको बेला उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top