ट्रेण्डिङ

होमपेज / समाज

वर्तमान सरकार विदेशी लगानी भित्र्याउन प्रतिवद्ध छ- प्रधानमन्त्री प्रचण्ड

नेपालगाथा २०८० बैशाख २९ गते शुक्रबार १३:१७:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे । लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top