ट्रेण्डिङ

होमपेज / समाज

राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयाेगकाे निर्देशन                                 

नेपालगाथा २०८० बैशाख २८ गते बिहीबार १७:४५:३३ मा प्रकाशित

 काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न निर्देशन गरेकाे छ। आयाेगकाे वैशाख २७ को निर्णयबाट आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दललाई सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गर्न आग्रह गरेकाे छ।

साथै सार्वजनिक गरेको मितिले सात दिनभित्र आयोगमा जानकारी गराउन समेत  निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरेकाे छ।


 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top