होमपेज / समाज
हुम्ला । हुम्लाकाे उत्तरी नाम्खा गाउँपालिकामा पर्ने हिल्सा नाका खुलेसँगै सीमापास लिनेकाे संख्या दिनप्रति दिन बढ्दै गइरहेकाे छ। चीनसँग सीमाना जाेडिएकाे उक्त नाका खुलेसँगै पास लिनेकाे संख्या १० दिनमा अर्थात बिहीबारसम्म ७८८ जना पुगेकाे जिल्ला प्रशासन कार्यालय हुम्लाले बताएकाे छ।
काेराेना कहरका कारण करिब ४ वर्ष बन्द रहेकाे साेही नाका गत वैशाख १८ गतेबाट दुई देशका प्रतिनिधिकाे सहमितमा पूर्ण रुपमा सञ्चालनमा आएकाे हाे। उक्त नाका सञ्चालनमा आएसँगै अधिकांशले रोजगारीका लागि र कतिपयले व्यापारकाे लागि भन्दै पास लिईरहेकाे स्राेतले बताएकाे छ ।