होमपेज / समाज
बनेपा । ‘जिउँदा शहीद’ भनेर चिनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत ३२ वर्षे कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७:३० बजे निधन भएको हो।
२०६२ र ६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ वर्षीया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेशकाे बुधबार निधन भएको हाे ।
उनको आज अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।