ट्रेण्डिङ

होमपेज / समाज

खाँणलाई चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नेपालगाथा २०८० बैशाख २७ गते बुधबार १७:२१:४९ मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले चार दिन म्याद थप भएको बताए।

बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top