होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनामा गरिएको परीक्षणका क्रममा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा आरटी-पिसिआर विधिबाट ५०५ जनामा परिक्षण गर्दा १७ संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । सोही अवधिमा २३ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ ।
हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४१ जना रहेका छन् ।