ट्रेण्डिङ

होमपेज / समाज

गाउँपालिकाले बुझेन पाठ्यपुस्तक, विद्यार्थीको पठनपाठन प्रभावित

नेपालगाथा २०८० बैशाख २७ गते बुधबार १४:०५:२३ मा प्रकाशित

हुम्ला । हुम्लाकाे चंखेली गाउँपालिकाले पाठ्यपुस्तक नबुझ्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्ला बाहिरबाट गत चैत २७ गते पाठ्यपुस्तक सलिसल्ला गोदाममा पुगिसकेकाे छ ।

गाउँपालिका नजिक रहेको सलिसल्ला गोदाममा पुगेपनि गाउँपालिकाका जनप्रतिनिधिको लापरवाहीका कारण विद्यार्थीसँग पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको चंखेली गाउँपालिकाका स्थानीयले बताएका छन् ।

शैक्षिक सत्र २०८० सुरू भएको एक महिना वित्न लाग्दा समेत पालिका भित्रका २६ ओटा विद्यालयमा १ हजार ९ सय ८० जना विद्यार्थीले पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन ।

वर्षौँदेखि पाठ्यपुस्तक ढुवानी गर्दै आएका ज्ञानुबुक एण्ड स्टेशनरी पसलका प्रोप्राइटर मानदेव शाहीले गाउँपालिको केन्द्र पिप्लाङमै ल्याएर बुझाउँछु भन्दा पनि गाउँपालिका अध्यक्ष शाहीले मतलब नगर्दा पाठ्यपुस्तक सलिसल्लामै थन्किएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top