ट्रेण्डिङ

होमपेज / समाज

देशभर आज ५१ जनामा कोरोना पुष्टि

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार १६:०१:०८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९०२ जनामा गरिएको परीक्षणका क्रममा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमा आरटी-पिसिआर विधिबाट ६६९ जनामा परिक्षण गर्दा २६ जना र एन्टिजेन विधिबाट १२३३ जनामा परिक्षणगर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले बताएको छ । सोही अवधिमा २६ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top