ट्रेण्डिङ

होमपेज / समाज

दार्चुलाको हिम पहिरोमा पुन १ जनाको शव फेला

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार ११:४८:२५ मा प्रकाशित

काठमाडौँ । दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

२८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर पोष्मार्टमका लागि अस्पताल पठाएको छ । यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top