होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा आरटी -पिसिआर विधिबाट ७१६ जनामा परिक्षण गर्दा ४१ जना र एन्टिजेन विधिबाट १२१५ जनामा परिक्षणगर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले बताएकाे छ । सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ ।
हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।