ट्रेण्डिङ

होमपेज / समाज

दार्चुलाकाे हिमपहिरोमा थप एक जनाको शव फेला

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार १५:४२:५२ मा प्रकाशित

दार्चुला । दार्चुलाको हिमपहिरोमा परेका थप एक जनाको शव फेला परेकाे छ । वैशाख १९ मा दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकाहरूको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनाको शव फेल पारेको हो ।

डोटीको जोरायल गाउँपालिका २ की २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिमपहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top