होमपेज / समाज
काठमाडौं । सिम्रिक एयरकाे हेलिकप्टरले आफ्ना उडानहरू पुनः सुचारु गरेको छ । सोमबार बिहानदेखि सिम्रिक एयरले उडानहरू सुचारु गरेको हो ।
वैशाख २२ गते सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले अडिट नसकिएसम्म उडानमा रोक लगाएको थियो । सिम्रिक एयरका महाप्रवन्धक मुरलीधर जोशीले नागरिक उड्डयन प्राधिकरणको संस्थागत अडिटपछि सिम्रिक एयरका हेलिकप्टरले नियमित उडान भरेको बताए ।
प्राधिकरणले फ्लाइट अप्रेसन, सेफ्टीलगायतको अडिट गरेपछि सिम्रिक एयरका हेलिकप्टरले सोमबार बिहानबाट नियमित उडान भरेका हुन् ।